आज हल्कादेखि मध्यम खालको पानी पर्ने, सोमबार रातिदेखि फेरि ठुलो पानी पर्ने सम्भावना

काठमाण्डौ : आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बागती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा मेघगर्जन, चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको छ ।

आज र भोलि थोरै पानी परेपनि पर्सि सोमबार रातिदेखि फेरि देशका विभिन्न ठाउँमा ठूलो पानी परेर बाढी र पहिरोको जोखिम रहेको भन्दै पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

मौसमविद् मन्जु बासीकाअनुसार सोमबार रातिदेखि मनसुनी न्यूनचापीय क्षेत्र नेपाल नजिकै आउने देखिएको छ । मनसुनी न्यूनचापीय क्षेत्र नेपालको दक्षिणी भेगमा रहेकाले कम पानी परेको हो।


प्रकाशित | १० श्रावण २०७७, शनिबार ०९:१३