आठौं राष्ट्रिय खेलकुदको समापन गरिदैं: नवौं राष्ट्रिय खेलकुद २०७७ सालमा गण्डकी प्रदेशमा गर्ने निर्णय

काठमाडौं: आगामी नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ सालमा गण्डकी प्रदेशमा गर्ने घोषणा गरिएको छ । राष्ट्रिय खेलकुद परिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टका अनुसार नवौं आयोजनाका लागि कुनैपनि प्रदेशले दावी नगरेको र सातौको बेला नै नवौ गण्डकी प्रदेश (पश्चिमाञ्चल) मा गर्ने सैद्धान्तिक सहमति अनुसार भएको हो । नेपालगञ्जमा आज सम्पन्न हुने आठौं राष्ट्रिय खेलकुदको समापनको कार्यक्रम पछि नवौंको झन्डा गण्डकी प्रदेशलाई प्रदान गरिने छ ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार १५:१५