कोरोना संक्रमणको उच्च जोखिममा उपत्यका

काठमाडौं : सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ । भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनबाटै उपत्यकामा संक्रमण फैलन सक्ने त्रास बढेको हो ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार उपत्यकामा दैनिक १ हजार हाराहारीमा मालवाहक सवारीसाधन प्रवेश गर्छन्। ती सवारीमा कम्तीमा पनि ३/३ जना ओहोरदोहोर गर्दा पनि उपत्यका प्रवेश गर्नेको संख्या ३ हजार पुग्छ ।

१ जना चालक, सहचालक र सहयोगी भनेर तीनजना मालवाहक सवारीमा उपत्यका प्रवेश गर्ने गरेको प्रहरी तथ्यांकले नै बताउँछ । तर, सम्बन्धित डिपोहरूमा सामाना झारेपछि ती चालक र सहचालक कहाँ बस्छन् र कहाँ खान्छन् भन्नेबारे सरकारी निकाय नै जानकार छैन ।

सरकारले उनीहरूलाई सुरक्षित राख्न कुनै व्यवस्था नगर्दा भारतबाट नेपालसम्म सामान ढुवानी गर्ने चालकहरूबाटै कोरोना सर्ने हो कि भन्ने डर बढेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए । उनका अनुसार सरकारले उनीहरूलाई खानेबस्ने र फर्कने नियम नतोकिदिँदा कति दिन बस्छन् भन्ने अनुमान गर्न मुस्किल परेको छ ।

थानकोट नाकामा उनीहरूलाई कडाइ गरेरे सबैखाले रेकर्ड प्रहरीले राखेको छ। तर, त्यतिले मात्रै पर्याप्त देखिँदैन । आजको नागरिक दैनीकबाट


प्रकाशित | ३० बैशाख २०७७, मंगलवार ०७:३७