नेकपा बागमती प्रदेश कमिटी अध्यक्षमा आनन्द पोखरेल

काठमाडौं । नेकपाले वागमती प्रदेश कमिटीको अध्यक्षबाट नारायण दाहाललाई कारबाही गरेको छ । प्रदेश कमिटीको मंगलवार बसेको छैठौ पुर्ण बैठकले दाहाललाई अध्यक्षबाट हटाएर साबिक कमिटीका सचिव आनन्द पोखरेललाई प्रदेश कमिटीको अध्यक्ष चयन गरेको हो । पूर्वमन्त्री पोखरेल दोलखाबाट २ पटक सांसद भइसक्नु भएको छ ।

त्यस्तै, प्रदेश कमिटी सचिवमा खेम लोहनी चयन हुनुभएको छ । लोहनी विघटित प्रतिनिधिसभामा धादिङबाट निर्वाचित हुनुभएको थियो । उहाँ २०५४ सालमा धादिङ जिल्ला विकास समिति सभापति समेत हुनुहुन्थ्यो ।

२१९ सदस्यीय प्रदेश कमिटीका बहुमत सदस्यहरु उपस्थित रहेको बैठकले नयाँ नेतृत्व चयन गरेको जनाइएको छ । इन्जार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहाल प्रचण्ड माधव पक्षमा लागेपछि अ‍ोली पक्षले कमिटी पुनर्गठन गरेको हो ।


प्रकाशित | ६ माघ २०७७, मंगलवार १९:५८