एनआरएन हङकङले थाल्यो हावाहुरी प्रभावीतलाई राहत संकलन अभियान

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङले बारा र पर्साका हावाहुरी प्रभावीतको राहत संकलन अभियान अगाडि बढाएको छ । एनआरएन आइसिसीले एनसिसीलाई राहत संकलन अभियानमा जुट्न भनेसँगै हङकङ एनआरएनले राहत संकलन अभियान थालनी गरेको हो ।

एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) हावाहुरी प्रभावीतको लागि राहत संकलन गर्न अभियान शूरु गरिएको बताउनुभयो । उहाँले सबैमा सहयोगको लागि आह्रवान समेत गर्नुभएको छ । एनआरएन हङकङले घटनाप्रति गहिरो दुख ब्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । किसन राईद्धारा जारी गरिएको बिज्ञप्तिमा भनीएको छ, ‘राहतको लागि सम्पूर्णमा सहयोग गर्न र सहयोग गर्न चाहानुहुनेले एनआरएनमा सम्पर्क गर्न हार्दिक आह्रवान गर्दछौ ।’


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार १५:५२