यस्तो बन्यो कांग्रेसको नयाँ केन्द्रीय समिति (सूचीसहित)

काठमाडौं –  नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया सम्पन्न भएको छ । गत मंसिर २७ गते नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम बिहीबार सम्पन्न भएको हो । कांग्रेसको महाधिवेशन भने मंसिर २४ गते सुरु भएको थियो ।

निर्वाचनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ । उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुनु भएको छ ।

त्यस्तै, महाधिवेशनबाट सहमहामन्त्रीमा क्रमश किशोरसिंह राठौंर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय, जीवन परियार, बद्री पाण्डे, उमाकान्त चौधरी र भीष्मराज आङदाम्बे निर्वाचित हुनु भएको छ ।

महाधिवेशनले पदाधिकारी बाहेक १ सय २१ जना केन्द्रीय सदस्यपनि निर्वाचित गरेको छ । प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भए भने अन्य पदका लागि निर्वाचन भएको थियो ।

मतगणनाको परिणामअनुसार केन्द्रीय समितिमा सभापति देउवा पक्षका दुई तिहाई बढी विजयी भएका छन् । १३ जना पदाधिकारीमध्ये देउवासहित ८ जना संस्थापन पक्षका छन् । देउवाका प्रतिस्पर्धी डा. शेखर कोइराला पक्षबाट ४ जना पदाधिकारी निर्वाचित भएका छन् भने प्रकाशमान सिंह पक्षबाट १ जना पदाधिकारी निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यतर्फ डा. शशाकं कोइराला, राजेन्द्रकुमार केसी (राजन) र मुक्ताकुमारी यादव एकभन्दा बढी प्यानलबाट निर्वाचित हुनु भएको छ । तीनबाहेक १ सय २१ केन्द्रीय सदस्यमध्ये देउवा प्यानलबाट १ सय १ जना निर्वाचित भएका छन् ।

कोइराला प्यानलबाट १७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । कोइराला प्यानलबाट खुल्लामा ९ जनाबाहेक महिला, प्रदेश १, गण्डकी प्रदेश, दलित खुला, मधेशी खुला, जनजाति खुला, खस आर्य पुरुष र खस आर्य महिलातर्फ १–१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

कांग्रेस विधान अनुसार सभापतिका निकटतम प्रतिस्पर्धी रहेका डा. शेखर कोइराला स्वतः केन्द्रीय सदस्य हुनेछन् । त्यस्तै सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नसक्ने वैधानिक व्यवस्था छ ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।

यस्तो बन्यो कार्यसमिति

१४ औं महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको नामावली:

पदाधिकारी (१३ जना)

सभापति – शेरबहादुर देउवा

उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ

महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा

सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी ।

केन्द्रीय सदस्यहरू

खुलातर्फ (३५ जना) – शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे ।

महिला खुलातर्फ (९ जना) – डिला संग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमति शाही ।

आदिवासी जनजाति (७ महिलासहित १५ जना) – चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ ।

खस आर्य (६ महिलासहित १३ जना) – केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना ।

दलिततर्फ (४ महिलासहित ९ जना) – मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक ।

मधेशीतर्फ (४ महिलासहित ९ जना) – अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव ।

थारूतर्फ (२ महिलासहित ४ जना) – रामजनम चाैधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना ।

मुस्लिमतर्फ (१ महिलासहित ३ जना) – अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन ।

अल्पसंख्यकतर्फ (१ जना) – प्रदीपकुमार सुनुवार

अपाङ्गता भएकातर्फ (१ जना) – मदनकृष्ण श्रेष्ठ

पिछडिएको क्षेत्रतर्फ (१ जना) – अर्जुनबहादुर सिंह

हरेक प्रदेशबाट १ महिलासहित ३–३ गरी २१ जना

प्रदेश १: अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू

प्रदेश २: रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव

बागमती: राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी

गण्डकी: ध्रुब वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी

लुम्बिनी: देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का

कर्णाली: कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह

सुदूरपश्चिम: यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट

 

 


प्रकाशित | ८ पुष २०७८, बिहीबार २३:२४