प्रदेश २ मा मधेशवादी दलको सरकार ढाल्न यसरी चल्दैछ कसरत

काठमाडौं : नेकपाले प्रदेश २ मा पनि नयाँ सत्ता समीकरणको प्रयास थालेको छ। ६ वटा प्रदेशका सरकार नेकपाकै नेतृत्वमा बने पनि प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनको सरकार छ। सरकारमा नगए पनि नेकपाले प्रदेश २ सरकारलाई समर्थन दिँदै आएको थियो।

राजपाले केही समयअघि संघीय सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरेपछि फोरमसँग मिलेर नयाँ समीकरण बनाउने कसरतमा नेकपा नेताहरु छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। श्रोतका अनुसार यस विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादबबीच निरन्तर छलफल चलिरहेको छ।

नयाँ सत्तासमीकरणबारे छलफल भइरहेको पुष्टी नेकपा अध्यक्ष दाहालले मंगलबार आफ्नै निवासमा आयोजित कार्यक्रममा गरेका हुन्। ‘तराई–मधेशमा पनि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बन्नुपर्छ अनि मात्रै जनताको हितमा काम हुन्छ,’ उनले भने।


प्रकाशित | १८ बैशाख २०७६, बुधबार ०६:१७