माओवादी केन्द्रले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाउनु भएको हो । 

प्रधानमन्त्रीले वैशाख २७ मा विश्वासको मत लिने निर्णय गरेपछि मंगलबार बसेको बैठकले समर्थन फीर्ता लिने निर्णय गरेको थियो । प्रतिनिधिसभामा माओवादी केन्द्रका ४९ जना सांसद छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयलाई लेखेको पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टियतामा सौदाबाजी गरेर देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाएको आरोप लगाइएको छ ।

संसद विघटनलगायतका असंवैधानिक कदम चालेका प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा नदिएको भन्दै माओवादीले प्रधानमन्त्रीको राजीनामा पर्खिदा ढिलो भएको समेत बताएको छ ।

 

 


प्रकाशित | २२ बैशाख २०७८, बुधबार १३:१५