नवनियुक्त आइजिपी शैलेश थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रमकाबीच गृह सचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । थापाले बिहीबार नै कार्यभार सम्हाल्नुहुनेछ। उहाँले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्नुहुनेछ ।


प्रकाशित | २५ असार २०७७, बिहीबार १२:१६