सूर्यविनायक नगर प्रमुख बासुदेव थापा कोरोना संक्रमणबाट मुक्त

भक्तपुर । सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापा कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । नगरबासीको विकास निर्माण तथा कोरोना नियन्त्रणको क्रममा अहोरात्र खटिने क्रममा गत मंसिर ९ गते संक्रमित हुनुभएको मेयर थापा एक महिनापछि कोरोनालाई जित्न सफल हुनुभएको हो । मेयर थापाले तेस्रो पटकको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँदै आफू पूर्ण रुपमा स्वस्थ भएको बताउनुभएको छ ।

‘नगरवासीहरुको सेवा र विकासमा अहोरात्र खटिएको बेलामा सचेत रहदा रहदै पनि म कोभिड – १९ बाट सक्रमित भएको कारण घरमा नै बसेर निको हुन्छु भन्ने लागेको थियो तर स्वासप्रश्वासमा समस्या आएको कारण केही समय मेडिसिटि अस्पतालमा भर्ना भएर बस्नु पर्यो। २५ दिनमा २ पटक पिसिआर परीक्षण गर्दापनि रिपोर्ट पोजेटिभ आएको कारण घरमा नै आराम गरेर बसेको थिए’, मेयर थापाले भन्नुभयो, ‘आज चेक गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।’

त्यस्तै, मेयर थापाले बिरामी हुँदादेखि स्वास्थ्यप्रति चासो र चिन्ता प्रकट गर्ने सबैमा धन्यवाद ब्यक्त गर्नुभएको छ ।


प्रकाशित | ९ पुष २०७७, बिहीबार १३:५०