काठमाडौं उपत्यकामा ५४ सहित थप १८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १८० जनासहित नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

त्यस्तै, थप २६४ जना डिस्चार्ज भएका छन् । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ जना पुगेको छ । यो तथ्यांक कुल संक्रमित मध्ये ४२ दशमलव ७ प्रतिशत रहेको प्रवक्ता डा. गौतमले जानकारी गराउनुभयो ।

काठमाडौं उपत्यकामा भने कोरोना संक्रमण बढ्ने क्रम जारी छ । आज काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । प्रवक्ता गौतमका अनुसार परिक्षणको क्रममा काठमाडौंका २४ जना, ललितपुरका २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको हो ।नेपालमा अब क्वारेन्टाइनमा २९ हजार २१५ र आइसोलेसनमा नौ हजार ११८ जना रहेका छन् ।


प्रकाशित | २२ असार २०७७, सोमबार १६:३६