सूर्यविनायकमा ४ सय २५ भन्दा बढि योजना तथा कार्यक्रम कार्यान्वयनको चरणमा : मेयर थापा

भक्तपुर : सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकामा चालु आर्थिक वर्षमा ४ सय २५ भन्दा बढि योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ । मेयर थापाले नपाले आर्थिक वर्ष २०७६ /०७७ का लागि रु १ अर्ब ३० करोडको बजेट स्वीकृत गराएको जानकारी समेत गराउनुभयो ।

नगरपालिकाको आर्थिक वर्ष २०७६/ ०७७ को अर्ध वार्षिक समीक्षा प्रतिवेदन सार्वजनीक गर्नुहुँदै मेयर थापाले आर्थिक वर्ष २०७६ /०७७ का लागि रु १ अर्ब ३० करोडको बजेटमा २०७६ साल पौष मसान्तसम्म रु ८२ करोड ९५ लाख ५८ हजार ९९४ आय भएको बताउनुभयो ।

मेयर थापाका अनुसार जुन स्वीकृत वार्षिक बजेटको ६३ दशमलव ८१ प्रति हुन आउँछ । प्रथम छ महिनामा भएको आय विवरण विश्लेषण गर्दा आन्तरिक आयको हिंस्सा ६६ प्रतिशत र बाह्य आयको हिंस्सा ३४ प्रतिशत रहेको छ ।

त्यस्तै, पौष १५ गतेसम्म चालु र पूँजीगत खर्चका लागि मूल सञ्जित कोषबाट चालु खातामा १८ करोड ५७ लाख ५२ हजार र पूँजीगत खातामा १५ करोड गरी जम्मा ३३ करोड ५७ लाख ५२ हजार रकम सारिएको मेयर थापाले बताउनुभयो । मेयर थापाका अनुसार यसरी हेर्दा मूल सञ्चित कोषमा पौष मसान्तसम्म ४९ करोड ३८ लाख ३७ हजार ९४१ सञ्चित रहेको छ ।

‘खर्च तर्फको पूँजिगत खर्च १२ करोड ८५ लाख ९४ हजार ५७८ र शिक्षकको तलवभक्ता, स्वास्थ्य तर्फ कर्मचारीहरुको तलव भत्ता, संघीय सरकार र प्रदेश सरकारको अनुदानको चालु खर्च १६ करोड ६ लाख ११ हजार २४६ र सामाजिक सुरक्षा भक्ता वापत २ करोड ७१ लाख खर्च भएको छ । यसरी हेर्दा कूल खर्च ३२ करोड ६३ लाख ५ हजार ८२४ भएको देखिन्छ’, मेयर थापाले भन्नुभयो, ‘जुन प्रथम छ महिनामा आम्दानी लक्ष्यको तुलनामा औषतमा ६४ प्रतिशत भएको छ भने खर्च औषतमा २५ प्रतिशत भएको तथ्यांकको विश्लेषणबाट देखिएको छ ।’

सो अवसरमा मेयर थापाले नगरपालिकाको समग्र विषयवस्तु समेटीएको २५ बुँदै प्रतिवेदन सार्वजनीक गर्नुभएको थियो ।


प्रकाशित | २७ माघ २०७६, सोमबार १३:३४