यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं – आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा र विक्रीदर १२० रुपैयाँ ४८ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ २६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ १० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९४ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित | ६ फाल्गुन २०७८, शुक्रबार ०९:५८