नेकपा दुर्घटना नजिक : योगेश भट्टराई

काठमाडौं – नेकपाका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना नजिक रहेको बताउनुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको केही बेरमा नेता भट्टराईले ट्वीट गर्दै भन्नुभएको छ, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौँ ।’

त्यस्तै, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक एक पक्षले स्थगीत गरेपनि अर्को पक्षले शूरु गरेको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित हुनुभएको छ ।

मङ्गलबार बिहान ११ बजे बस्ने भनिएको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले स्थगित गर्नुभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत व्यक्ति बालुवाटार पुगेर बैठक सुरु गरिएको हो । अध्यक्ष प्रचण्डको अध्यक्षतामा सुरु बैठकमा नियमित एजेण्डामा छलफल सुरु भएको सहभागी नेताहरुले बताएका छन् ।


प्रकाशित | १३ श्रावण २०७७, मंगलवार १५:३०