नेकपाका दुई अध्यक्षबीचको वार्ता : सहमती खोज्ने प्रयास जारी

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दूई अध्यक्षबीचको वार्ता सकिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल सकिएको हो ।

छलफल करिब डेढ घण्टा चलेको थियो । आइतबार आफू निकटका नेताहरुलाई राखेर छलफल गरिएकोमा आज भने दुई अध्यक्ष मात्रै बसेका हुन । सोमबार अध्यक्षद्वयबीच छलफल गरेर नेकपा स्थायी कमिटी बैठक बस्ने भनिएकोमा बैठक भने असार २४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भइसकेको छ। तर नेताहरुले सहमती खोज्ने प्रयास भने जारी राखेका छन् । यद्यपी आज दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने खुलेको छैन ।

सहमतिको खाका तयार गर्न आइतबारको बैठकले चार सदस्यीय अनौपचारिक कार्यदल गठन गरेको थियो । सो कार्यदलले तयार गर्ने मस्यौदाका आधारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिको प्रयास गरिने बताइएको छ ।

कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, उर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा रहनुभएको छ ।


प्रकाशित | २२ असार २०७७, सोमबार १२:४९