काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषदको बिहीबारको निर्णय अनुसार राष्ट्रपतिले आज साँझ पाँच बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बेलुका पाँच बजेदेखि (असार १८ गते बिहीबार ) लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो ।
प्रकाशित | १८ असार २०७७, बिहीबार १५:०४