शर्तसहित सरकारमा सहभागी हुने राप्रपाको निर्णय

काठमाडौँ:  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्तत सरकारमा सहभागि हुने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको हो ।

राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्‍बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने, यसै वर्षबाट कृषि मल कारखाना सुरु गर्नुपर्ने लगायत विषय सम्बोधन गर्नुपर्ने लगायतका सर्त सरकारसँग राख्ने निर्णय गरेको छ र्।

संघीय संसद्‍मा १४ सिट रहेको राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको छ। तर अहिलेसम्म सरकारमा सहभागी भइसकेको छैन ।


प्रकाशित | १३ पुष २०७९, बुधबार २०:०९