हरायो जिन्दगी

राजु खप्तडी बस्नेत

ठेगाना दिएर हरायो जिन्दगी
बहाना गरेर तर्कियो जिन्दगी
बिना बादबिबाद्, बिना मनमुटाब
म सँग खै किन रिसायो जिन्दगी

झुकेरै बसें म, इसारा कुरेरै बसें
देखेर भाग्छ भनि, निशामा लुकेरै बसें
बिना अदालत, बिना वकालत
म माथी दोषारोप लगायो जिन्दगी
ठेगाना दिएर हरायो जिन्दगी

सिर्जना गरेर अभाबहरु,घेर्छन अमोघ दबाबहरु
थाम्न नसक्ने तुफानहरु, यो जिन्दगीका रवाफहरु
बिना महायुद्ध्, बिना अश्शोमेग्ज्ञ्
लडायो, मरायो कुरुक्षेत्र बनायो जिन्दगी
ठेगाना दिएर हरायो जिन्दगी


प्रकाशित | १४ असार २०७७, आईतवार १३:१७