कागेश्वरी मनोहरा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट शूरु हुँदै

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि शूरु हुने भएको छ । नगर प्रमुख उपेन्द्र कार्कीका अनुसार प्रतियोगिता शुक्रबार बिहान ११ बजेदेखि मूलपानी चौरमा विद्यालयको मार्चपासबाट उद्घाटन हुनेछ ।

कार्यक्रममा विभिन्न ७ वटा विधा अन्तर्गत खेल खेलाइनेछ भने अहिलेसम ३५ वटा विद्यालयले नोमिनेसन गराइसकेको मेयर कार्कीले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is IMG_2158-1024x683.jpg

मेयर कार्कीले खेल अत्यन्तै ब्यवस्थित र अनुशासीत रुपमा सम्पन्न हुने विश्वास ब्यक्त गर्नुभयो । मेयर कार्कीका अनुसार शुक्रबार उद्घाटन हुनेछ भने शनिबार सबै विधाका खेल शूरु हुनेछ र आइतबार गान्धी आर्दश विद्यालयमा गएर समापन गरिनेछ ।

This image has an empty alt attribute; its file name is IMG_2139-1024x683.jpg

मेयर कार्कीले नगरपालिकालाई खेलकुद नगरीको रुपमा विकास गर्ने उद्देश्य र नगरपालिकाभित्र खेलकुद क्षेत्रमा थप अगाडि बढाउन सहयोग पुग्ने विश्वासका लागि प्रतियोगिता हुन लागेको बताउनुभयो ।


प्रकाशित | ४ फाल्गुन २०७९, बिहीबार १८:३१