लुक्ला विमान दुर्घटना: हेलिकप्टरका पाइलटको उद्धार (अपडेट)

काठमाडौँ: लुक्लामा समिट एयरको विमान उडान भर्ने क्रममा हेलिकप्टरसँग ठोक्किएपछि भएको दुर्घटनाबाट हेलिकप्टरका पाइलटको उद्धार गरिएको छ । हेलिकप्टरका पाइलट सिबी गुरुङको उद्धार गरिएको हो । समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएको हो । दुर्घटनामा दुईजनाको मृत्यु भएको त्रिभुवन विमान स्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिनुभयो । विस्तृत विवरण आउन भने अझै आउँन सकेको छैन ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १०:१३