काठमाडौं : नेपालमा अहिलेसम्म ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार विराटनगरमा भएको परीक्षणमा झापाका १ र मोरङका २ जना, जनकपुरमा भएको परीक्षणमा सर्लाहीका ११ र सप्तरीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा टेकुमा अछामका ७, बागलुङ १८, बैतडी ६३, बझाङ ३, बाजुरका ८, डडेल्धराका ९, धादिङको १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यसैगरी, डोटीका १५, गोरखाका ११, कैलालीका ४६, कास्कीका २, काठमाडौंका ३, मकवानपुरका २, मोरङ र म्याग्दाका १,१, नवलपरारी पूर्वका २, सिन्धुपाल्चोकका २१, तनहुँका १९, पर्वतका ५, उदयपुर २, सिन्धुली र चितवनका १,१ जनामा पनि कोरोना देखिएको छ ।
यस्तै, हेटौँडामा भएको परीक्षणमा मकवानपुरका ६ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा बैतडीका ५ जना, पोखरामा भएको परीक्षणमा स्याङ्जाका १ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा भएको परीक्षणमा कास्कीका ६, नवलपरासी पूर्वका २, स्याङ्जाका १, बागलुङका ८ जनामा पोजेटिभ देखिएको छ ।
यस्तै, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा बागलुङका ६ र स्याङ्जाका १ जना, रूपन्देहीमा भएको परीक्षणमा अर्घाखाँचीका ६, गुल्मीका ९४, कपिलवस्तुका ४, नवलपरासी पश्चिमका १, रुपन्देहीका २, सेती अस्पतालमा भएको परीक्षणमा अछामका १, कैलाली ३ र कंचनपुर २० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी आजसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको छ । यस्तै, आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९९ गरी आजसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ ।
शुक्रबार देशभरीका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।

त्यस्तै, कोरोना उपचारपछि निको हुनेको संख्या पनि उत्साहजनक रहेको छ । शुक्रबार एकै दिन २ सय १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी गराउनुभयो । यो सहित उपचार पछि घर फर्केनेको संख्या १ हजार ४०२ पुगेको छ ।
प्रकाशित | ५ असार २०७७, शुक्रबार १९:००