गण्डकी प्रदेशमा बिहीवार बिहान ७७ संक्रमित थपिए, कुल संक्रमित संख्या ३२४ पुग्यो

पोखरा : गण्डकी प्रदेशमा बिहीबार बिहान ७७ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार बिहान ७७ संक्रमित थपिएका हुन ।

निर्देशनालयले बिहान तीन पटक कोरोना संक्रमितको अपडेट गर्दै बिहान ५ः ४५ बजेको विज्ञप्तीमा ४२ जना, बिहान ८ बजेको विज्ञप्तीमा पाँच जना र बिहान ९ बजेको विज्ञप्तीमा ३० जना नयाँ संक्रमित थपिएको जानकारी गराएको हो ।

बिहीबार बिहान गण्डकी प्रदेशको नवलपरासी पुर्वका ३१, तनहुँमा १५, गोरखामा ११, पर्वतमा ९, स्याङ्जामा ९, बागलुङमा १ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ ।

मनाङको चामे गाउँपालिकामा कार्यरत कविलवस्तु जिल्लाको बाढगंगा निवासी ५७ वर्षीय पुरुष बाहेक अरु सबै भारतबाट आएर स्थानीय तहको क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको जनाइएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माकाअनुसार मनाङमा कार्यरत ति व्यक्ति केही समय अगाडि कपिलवस्तु स्थित घर पुगेर मनाङ फर्किएकाले परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको थियो । गण्डकी प्रदेशको मनाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश को फोटो।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश को फोटो।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश को फोटो।


प्रकाशित | ४ असार २०७७, बिहीबार ११:११