सोमबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमीत ?

काठमाडौँ: नेपालमा सोमबार थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पुरुष २९४ जना र २० जना महिला गरी कुल ३१४ जनामा थप कोरोना पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार अहिलेसम्म ७१ जिल्लामा कोरोना संक्रमण भइसकेको छ । सोमबार झापाका ९, सुनसरीका १, मोरङका ९, पाँचथरका १, सप्तरीका ६, धरानका १६, जनकपुरका १५, स्याङजाका १, कास्कीका १, पर्साका ८, बाराका ७, रौतहटका ४,दाङका ४, बाँकेका १, बर्दियाका १८ र दैलेखका १० जनामा संक्रमण पुष्टि भएको हो ।

Ministry of Health and Population-Nepal को फोटो।

यस्तै, सल्यानका ५, सुर्खेतका १, अर्घाखाँचीका ३१, गुल्मीका १, कपिलवस्तुका १६, नवलपरासीका २, पाल्पाका १, प्युठानका ८, स्पन्देहीका ५, कपिलवस्तुका ७, महोत्तरीका १२, रौतहटका ७ र सर्लाहीका १०६ जना संक्रमित भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। नेपालमा हालसम्म १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।


प्रकाशित | २६ जेष्ठ २०७७, सोमबार १८:५०