सत्ता गठबन्धनबाट उपसभामुखमा इन्दिरा राना मगरको उम्मेदवारी दर्ता

काठमाडौं -प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

शुक्रबार संघीय संसद् भवन पुगेर मगरले उम्मेदवारी दर्ता गराउनु भएको हो । उहाँको प्रस्तावकमा स्वतन्त्र पार्टीकी सांसद शोभिता गौतम रहनु भएको छ ।

त्यस्तै, समर्थकमा नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्मा, नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देन रहनु भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका–११ की मगर समानुपातिकबाट सांसद निर्वाचित हुनु भएकी हो।


प्रकाशित | ६ माघ २०७९, शुक्रबार २०:०३