एनआरएनए नर्वेको अध्यक्षमा विष्णु गौतम निर्विरोध निर्वाचीत

ओस्लो: गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नर्वेको नयाँ कार्यसमिति (२०२३-२०२५) निर्विरोध निर्वाचीत भएको छ । तर एक जना आइसिसी सदस्यमा दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन हुने भएको छ ।

आइसिसी सदस्यमा पबित्र बस्नेत र नवराज अधिकारी (राजन)को उम्मेदवारी परेको हो । निर्वाचन यही जुलाई २९ मा हुनेछ ।

एनसिसी नर्वेको अध्यक्षमा बिष्णु गौतम, उपाध्यक्षमा श्याम परियार र गणेश थापा, महासचिवमा इश्वरी प्रसाद खनाल, कोषाध्यक्षमा पशुपति प्रसाद भण्डारी, सचिवमा प्रविन पराजुली, महिला संयोजकमा श्रद्धा सिंह थापा र युवा संयोजकमा असिम लम्साल निर्विरोध हुनु भएको छ ।

त्यस्तै, कार्यसमिति सदस्यहरुमा क्रमश: बालकृष्ण थापा, शालिकराम ढुंगाना, हरिकृष्ण तिमिल्सिना, शंखर काफ्ले र दिपक खतिवडा चयन हुनु भएको छ ।


प्रकाशित | ३ श्रावण २०८०, बुधबार २१:५५