भक्तपुर: नेकपाका नेता निर्मल भट्टराईले देशका लाखौं युवाको भविश्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्र सुनिश्चित गर्न सक्ने बताउनुभएको छ। भक्तपुर निर्वाचन क्षेत्र १ क को उप चुनावमा नेकपाका उम्मेद्वार देवी प्रसाद ढकाललाई जिताउन आयोजित चानपा ७ मा आयोजित वृहत् युवा विद्यार्थी भेलामा उनले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, देशको विकास र समृद्धिको लागि युवा विद्यार्थीको सकृय सहभागिता विना सम्भव छैन । पार्टी जिल्ला अध्यक्ष वचन देउजाले समाजका हर क्षेत्रमा कायापलट ल्याउन उप चुनावमा नेकपालाई विजय गराउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला नेताहरु रजन के सी, राष्ट्र शम्सेर थापा, राजु अधिकारी, राधाकृष्ण लामिछाने, लक्ष्मण लामिछानेलगायतले युवा विद्यार्थीलाई चुनावी प्रशिक्षण दिनुभएको थियो ।
भेलाले निरन्जन लामिछानेको संयोजकत्वमा १०१ सदश्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
प्रकाशित | ४ मंसिर २०७६, बुधबार १६:१७