नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४१६ पुरुष र ३५ महिलासहित ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको क्रममा ४ सय ५१ थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमीतको कुल संख्या ६ हजार २ सय ११ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।

नेपालमा थप ६७ जना कोरोनामुक्त भएका छन् । यो सहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १ हजार ४१ पुगेको प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।


प्रकाशित | १ असार २०७७, सोमबार १६:२७