अब ओली र अन्य नेताहरू सबै एकठाउँमा हुन्छौँ, एमालेलाई बलियो बनाउँछौँ : भीम रावल

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले अब प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरू सबै एकठाउँमा रहेर नेकपा एमालेलाई बलियो बनाउने बताउनुभएको छ । एक टेलिभिजनसँगको कुराकानीमा नेता रावलले अब पार्टीलाई एकदम बलियो बनाउने बताउनुभयो ।

‘नेकपा एमाले पूर्ववत अवस्थामा रहनेछ भनेर सर्वोच्च अदालतले फैसला गरेपछि अब तत्कालिन् नेकपा एमालेको नवौं महाअधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीजी र अन्य नेताहरू, हामीहरू सबै अब एकठाउँमा हुन्छौँ । नेकपा एमालेलाई एकदम बलियो बनाउँछौँ,’ नेता रावलले भन्नुभयो, ‘हाम्रो राष्ट्रिय स्वाधिनता, हाम्रो आफ्नो यो देशको अधिकारमाथि आघात पुर्याउने बाहृय तथा आन्तरिक सम्पूर्ण षड्यन्त्रलाई हामीले अब विफल पार्छौ।’


प्रकाशित | २५ फाल्गुन २०७७, मंगलवार २१:२४