‘मिस वर्ल्ड’२०१९ जमैकाकी टोनी एन सिं नेपालमा, मिस नेपाल

काठमाडौं : मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको नेतृत्व तथा पहलमा मिस वर्ल्ड २०१९ की बिजेता जमैकाकी टोनी एन सिं नेपाल आइपुग्नु भएको छ । हिड्न टेजर तथा पर्यटन मन्त्रालयसँगको समन्त्रवयमा पहिलो पटक मिस वर्ल्ड २०१९  की बिजेता जमैकाकी टोनी एन सिं नेपाल आइपुग्नु भएको हो । विश्व सुन्दरीसँगै प्रतियोगिता कार्यक्रमका नेतृत्वकर्ता तथा संचालक जुलिया मोर्ली पनि नेपालमा आउनुभएको छ ।

नेपालको तर्फबाट मिस वर्ल्ड २०१९ मा अनुष्का श्रेष्ठले गर्नुभएको उत्कृष्ट प्रदर्शनले मिस वर्ल्ड २०१९ की विजेता टोनी एवं आयोजक संस्था निकै प्रभावीत भएको थियो । अनुष्काको सोही उत्कृष्टताकै कारण नेपालमा मिस वर्ल्ड२०२० गर्ने तथा मिस नेपालले सञ्चालन गरेका नमूना प्रोजेक्टको अवलोकन गर्नुहुनेछ ।

जसअन्तर्गत शुत्रबार उहाँहरुको स्वागतमा डिनर कार्यक्रम आयोजना गरिएको छ भने फाल्गुन २३ गते हेलम्बु गाउँपालिका वडा ७ को सोलसिंग गाउँमा मिस नेपाल अनुष्काले सञ्चालन गर्नुभएको स्वयमसेवीका तथा स्वावलम्बन प्रोजेक्ट समेत अवलोकन गर्नुहुनेछ । साथै अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट पनि अवलोकल गर्ने कार्यक्रम छ ।

तस्विर: उमेश कार्की


प्रकाशित | २२ फाल्गुन २०७६, बिहीबार १२:२६