एमाले एक्लै चुनाव लड्छ, हामीलाई अरू कसैको वैशाखी टेक्नुपर्ने जरुरी छैन : ज्ञवाली

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्ने बताउनु भएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालले काठमाण्डौमा आयोजना गरेको ‘स्थानीय तह चुनाव, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने बताउनु भएको हो ।

स्थानीय तहको चुनाव समयमै हुनुपर्नेमा जोड दिर्दै उहाँले स्थानीय तहको चुनावमा एमाले एक्लै उठ्ने बताउनु भयो ।

एमालेले गरेको कामको आधारमा चुनावमा जानका लागि कसैको वैशाखी टेक्नुपर्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहको चुनाव समयमा हुनुपर्छ । कुनै बहानाबाजी स्वीकार्य छैन र नेकपा (एमाले) यसमा एक्लै लड्छ । हामीलाई चुनाव सामना गर्नका लागि अरू कसैको साहारा लिनुपर्ने, अरू कसैको वैशाखी टेक्नुपर्ने जरुरी छैन । हाम्रा लागि हामीले गरेका कामहरू र हामीलाई काम गर्दै जाँदा जहाँ जहाँ बाटो छेक्ने प्रयत्न भयो, ती तथ्यहरू नै जनताका मन जित्नका लागि पर्याप्त छन् । नेकपा एमाले चुनाव एक्लै लड्छ ।’


प्रकाशित | १९ माघ २०७८, बुधबार २०:१७