भारतीय अतिक्रमणको विषयलाई लिएर युएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र

न्यूयोर्कः गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले भारतीय अतीक्रमणको विरोधमा विश्वभरबाट सम्बन्धीत देशको भारतीय राजदूतावासमार्फत विरोध पत्र बुझाउने क्रम जारी राखेको छ । कोभिड १९ को वर्तमान असहज र कठिन परिस्थितिमा पनि विभिन्न माध्यमबाट सिमा अतिक्रणमको विरोध गर्दै विश्वभरबाट दबाब सृजना गर्ने कार्य जारी राखिएको हो ।

त्यसै सिलसिलामा भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने कार्य पनि गरिएको छ । गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई अनलाइनमार्फत ज्ञापनपत्र पठाउँदै सो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने कार्य गरिएको हो ।

एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीका अनुसार राष्ट्रसङ्घ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसङ्घका लागि राजदूत रहनुभएकी केलीलाई अनलाइनमार्फत ज्ञापनपत्र पठाइएको हो । नेपालले हालै सार्वजनिक गरेको लिम्पियाधुरासहितको नक्सा समेत समावेश गरी सङ्घले राजदूत केलीलाई ज्ञापनपत्र पठाएको संयोजक त्रिपाठीले बताउनुभयो ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको भूमि भएको भनी प्रमाणित गर्ने आधारसहितका विभिन्न कागजातका कपीहरू र विगतमा नेपालले प्रचलनमा ल्याएको लिम्पियाधुरासमेत समावेश रहेको नक्सा अङ्कित रु एक सिक्काको कपीसमेत ज्ञापनपत्रमा संलग्न गराइएको पनि संयोजक त्रिपाठीले जानकारी गराउनुभयो ।

संयोजक त्रिपाठीले राजदूत केलीको राजनीतिक सल्लाहकारसँगसमेत सोही विषयमा अनलाइन माध्यममार्फत अन्र्तक्रिर्या कार्यक्रम पनि आयोजना गरिएको र यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सक्दो प्रयास गरिएको बताउनुभयो ।


प्रकाशित | २८ जेष्ठ २०७७, बुधबार १०:०२