आयरल्याण्डबाट यूरोप सह-संयोजकमा शुक्रराज न्यौपानेको उम्मेदवारी घोषणा

आयरल्यान्ड : गैर आवासीय नेपाली संघको यूरोप सहसंयोजकमा आयरल्यान्डबाट शुक्रराज न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ ।आगामी अक्टोबर १५ देखी १७ सम्म काठमाण्डौमा सम्पन्न हुन गइरहेको एनआरएनए आइसिसीको विश्व सम्मेलनमा सह संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एनआरएन आयरल्यान्डका २००९ २०११ कार्यकालमा अध्यक्ष रहनु भएको न्यौपाने हाल गैर आवासीय नेपाली संघ अंतर्राष्ट्रीय समिती अन्तरगत टुरिजम प्रबद्र्धन समिती सदस्य एवंम गैर आवासीय नेपाली संघ आयरल्यान्डको संरक्षक हुनुहुन्छ ।

गैर आवासीय नेपाली संघ आयरल्यान्डको स्थापना देखी मोफसलमा रहेर पनी उहाँको सकृयताको उच्च मूल्यांकन हुन नसकेको भन्दै आगामी निर्वाचनमा विजयी गराउन सबैमा वर्तमान एनआरएन अध्यक्ष मिलन छन्त्याल बताउनुहुन्छ ।

छन्त्याल थप्दै भन्नुहुन्छ, ‘उहाँको उमेदवारीमा मेरो व्यक्तिगत एवं वर्तमान समिती तथा आयरल्यान्डबासी सम्पूर्ण गैर आवासीय नेपालीको पूर्ण समर्थन एवं सहयोग रहने छ ।’  निवर्तमान अध्यक्ष नवराज कोईराला पनि समर्थन गर्दै भन्नुहुन्छ, ‘मेरो पनी युरोप उप संयोजकमा उमेदवारी दिने चाहाना थियो तर उहाँको पूर्ण समर्थन गर्दै म पछाडी हटेर उहाँलाई सकृय सहयोग गर्ने निर्णयमा पुगेको छु ।’

गैर आवासीय नेपाली संघ आयरल्यान्डका पूर्व अध्यक्षद्धय गणेश प्रसाई र राजन काफ्लेको धारणा पनी सामान छ । भन्नुहुन्छ, ‘युरोप छेत्रीय उप- संयोजकमा उहाँको उमेदवारी स्वभाविक छ उहा जस्तो व्यक्तित्वले निर्वाचित हुन सके निश्चय नै उक्त पदको गरिमा बडाउन सक्ने हैसियत राख्नु हून्छ ।’

प्रस्तावित आईस सी सदस्य बिनोद कार्की र अध्यक्ष पदका उप विजेता एवं पूर्ब उपाध्यक्ष बसन्त न्यौपानेले पनी उहाँलाई विजय गराउन सम्पूर्ण यूरोप छेत्रका गैर आवासीय नेपालीलाई आब्हान गर्नु भएको छ ।


प्रकाशित | १८ भाद्र २०७६, बुधबार १८:१३