लिभरपुल बराबरीमा रोकियो

एजेन्सी:  प्रि-सिजन टुर अन्तर्गत अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्ग्लिश क्लब लिभरपुलले स्पोर्टीङ सिपीसँग बराबरी खेलेको छ । न्युयोर्कमा बिहिबार विहान लिभरपुलले पोर्चुगिज क्लब स्पोर्टीङसँग २-२ गोलको बराबरी खेलेको हो ।

यान्की स्टेडियममा ब्रुनो फर्नान्डेजको गोलबाट पाँचौं मिनेटमा स्पोर्टीङले सुरुवाती अग्रता लिएको थियो । २० औं मिनेटमा डिभोक ओरोगीले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । खेलको ४५ औं मिनेटमा जर्जियानो विजनाल्डमले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । तर, ५४ औं मिनेटमा स्पोर्टीङका विन्डेलले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो । नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न दुवै टिम अहिले अमेरिका भ्रमणमा रहेका छन् ।


प्रकाशित | ९ श्रावण २०७६, बिहीबार १०:४२