उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोनो संक्रमण भएको छ । चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको बताउनुभएको हो ।

चौधरीले आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आएको र आफूलाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो । कोरोना पोजेटिभ देखिए पनि आफूलाई कुनै पनि लक्षण नभएको पनि चौधरीले लेख्नुभएको छ ।

चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाउनुभएको छ ।


प्रकाशित | १२ भाद्र २०७७, शुक्रबार १३:३४