नेपाल फर्कन ३० हजार बढीको आवेदन, कुन देशमा कतीले दिए आवेदन ?

काठमाडौं: विदेशमा अप्ठ्यारोमा परेका ३० हजार बढी नेपालीले आवेदन दिएका छन् । सम्बन्धीत देशमा रहेको नेपाली राजदूतावासमा ३० हजार भन्दा बढी नेपालीले आवेदन दिएको पाइएको हो ।

विशेष गरि मध्यपूर्वको साउदी अरब, कतारका साथै मलेसियास्थित नेपाली दूतावासमा शनिबारसम्म स्वदेश फर्कने ३० हजार बढी नेपालीले स्वदेश फर्कन निवेदन दिएका हुन । साउदी अरब, कतार र मलेसियास्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार प्राथमिकतामा परेकाबाहेक हजारौं श्रमिक रोजगारदाताले दिएको हवाई टिकट लिएर उडानको पखाईमा छन् ।

साउदी अरबका राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुत, कतारका डा.नारदनाथ भारद्वाज र मलेसियाका उदयराज पाण्डेले एक अन्र्तक्रिया कार्यक्रममा बोल्नुहुँदै प्राथमिकतामा परेका बाहेक हजारौले श्रमिक रोजगारदाताले दिएको हवाई टिकट लिएर उडान सुचारु गर्न अनुरोध गरिरहेको जानकारी गराउनुभएको छ ।

साउदी अरबका राजदूत राजपुतले १५ वटा प्राथमिकता अनुसार दूतावासका २ वटा टेलिफोनमा २७ अप्रिलदेखि ४ जुनसम्म १० हजार बढीले नेपाल फर्काउन अनुरोध गरेको बताउनुभयो । “हालसम्म १० हजार लिष्ट तयार भएको र सो डाटालाई प्राथमिकतामा राख्ने काम भइरहेको छ,” राजदूत राजपुतले भन्नुभयो, “दैनिक हुने उडानको सिट संख्याको आधारमा संख्या निर्धारण गरिने भएकाले नेपालबाट १० दिन पहिले नै उडानको निर्णय दिनुपर्छ ।” हाल साउदी दूतावासले १ हजार ५ सय नेपालीलाई आवास व्यवस्था सहित सेल्टर दिएको छ ।

राजदूत पाण्डेले मलेसियाबाट ६ हजार ३ सय ४३ जनाले घर फर्किनुपर्ने कारणसहित निवेदन दिएको जानकारी गराउनुभयो । यसमध्ये प्राथमिकता सूचीकृत गर्भवती र बिरामी २०१, करार सकिएको ३ हजार ६००, रोजगारी गुमेको १ हजार ३६, आफैँ घर जान चाहने ९२२, घर बिदा १०५ रहेको उल्लेख गर्नुभयो ।

मलेसियामा आफनै खर्च वा रोजगारदाताको टिकटमा फर्कने नेपाली धेरै रहेको पनि राजदूत पाण्डेले बताउनुभयो । रोजगारदाताले स्वदेश फर्कन टिकट दिएका नेपाली युवालाई दूताबासको अनुरोधमा रोजगारदाताबाट खाने बस्नेको व्यवस्था गरीएको मलेसिया स्थित नेपाल दूतावासले जनाएको छ । यसरी फर्कने नेपालीको संख्या २२६ रहेको छ ।

कतारका राजदूत भारद्वाजले ७ हजार तत्काल नेपाल फर्कन तयार रहेकोमा गर्भवती महिला, घाइते संख्या पनि धेरै रहेको जानकारी गराउनुभयो । “गर्भवतीहरू, रोजगारदता परिवर्तन गरेका महिला, अवैध भएका कामदार, भिसा सकिएर घर जान तयार मान्छेहरू, कार्यस्थलमा दुर्घटनामा परेका कामदारहरू, पक्षघात भएका र सेमी प्यारालाइज्ड भएका बिरामी, विद्यार्थी समेत ७ हजार नेपालीहरू स्वदेश फर्किने अवस्थामा छन्,” राजदूत भारद्वाजले भन्नुभयो । उनीहरूलाई कसरी फर्काउने भनेर सरकारसँग सम्वाद भइरहेको छ ।

राजदूत राजपुतका अनुसार साउदी अरबमा ३ लाख २५ हजार नेपाली कामदार रहेकोमा लगभग १५ हजार श्रमिक अवैध रहेका छन । सााउदी अरबमा अधिकांश अदक्ष रहेका कारण तथ्यांकलाई प्रशोधन गरेर प्राथमिकता निर्धारण गर्नु चुनौतीपूर्ण रहेको छ ।

सरकारले स्वदेश फिर्तिका लागि दिएका १५ वटा प्राथमिकता दिएअनुसार अहिले साउदी दूतावासले तथ्यांक लिइरहेको छ । उड्नुअघि कामदारको स्वास्थ्य परीक्षण गरेर ‘फिट टू फ्लाइ’ प्रमाणित गर्नु पर्ने भएका कारण त्यसका लागि कहाँ, कसरी, कसको खर्चमा कस्तो परीक्षण गराउने भन्ने पनि प्रष्ट निर्देशन हुनुपर्छ । नेपाल ल्याउनेलाई आरडीटी र पीसीआर लगायतका परीक्षण गर्ने सुविधा दिन समस्या हुने सबै नियोगको भनाई छ ।

त्यस्तै, युएईमा १८ हजार, बहराइनमा ३ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची तयार भए पनि राजदूतावासले यस बारेमा आधीकारिक तथ्यांक सार्वजनीक गरेको छैन । नेपालमा सरकारले शुक्रबार जापान, यूएई र म्यानमारबाट २०० भन्दा बढी नेपाली स्वदेश ल्याएर उद्दारको गरिसकेको छ । जापानबाट ७, म्यानमारबाट २६ र यूएईबाट १६९ नेपाली आएका हुन् । सरकारले अब नियमित रुपमा १० दिनसमम विदेशबाट नेपालीहरूको उद्दार गरिने जनाएको छ ।


प्रकाशित | २५ जेष्ठ २०७७, आईतवार १२:२१