प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ, सबै मन्त्री दोहोरिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शीतलनिवासमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनुभएको हो ।

त्यस्तै, प्रधानमन्त्रीसहित मन्त्रीहरुको पनि सपथ खुवाउनुभएको छ । सबै पुरानै मन्त्रीहरुलाई सपथ ग्रहण गराइएको हो । जसपा अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महत्तो पक्ष र एमालेभित्रकै माधव नेपाल पक्षसँग कुराकानी भइरहेकाले पछि पुन :मन्त्रिमण्डल फेरबदल गर्ने तयारी प्रधानमन्त्री ओलीको छ ।

संसदमा विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते प्रधानमन्त्रीबाट पदमुक्त हुनुभएको ओली अन्य दलले बहुमत पुर्याउन नसकेपछि सबैभन्दा ठूलो दलको हैसियतले बिहीबार पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।  अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।


प्रकाशित | ३१ बैशाख २०७८, शुक्रबार १५:१०