धादिङ मिनीबस दुर्घटना; २ को मृत्यु, २४ जना घाइते

काठमाडौं : धादिङको रोराङमा मिनीबस दुर्घटनामा २ जनाको ज्यान गएको छ ।  काठमाडौंबाट मनकामना जाँदै गरेको बा४ख १४१५ नम्बरको रिजर्ब बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बेनिघाटका नायब निरीक्षक सई शंकर थारूका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेहरुलाई मलेखु अस्पतालमा सामान्य उपचारपछि काठमाण्डौं पठाईएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। बस सडकबाट पल्टिएर भीरमा खसेको छ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १२:४१