विदेशबाट आउन चाहने सबैलाई फिर्ता ल्याउन कांग्रेसको माग

काठमाडौं: नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागले स्वदेश फर्कन चाहाने हरेक नागरिकलाई उद्धार गर्न सरकारको ध्यानर्कषण गरेको छ । विभाग प्रमुख गोविन्द्र भट्टराईले एक बिज्ञप्ति जारी गर्दै सरकारले संख्या तोक्ने नभई स्वदेश फिर्ता हुन चाहाने प्रत्येक नागरिकलाई उद्धार गर्ने गरि कार्ययोजना बनाउन माग गर्नुभएको हो ।

प्रमुख भट्टराईले बिज्ञप्तिमा भन्नुभएको छ, ‘सरकारले विदेशमा रहेका २५ हजार नेपाली स्वदेश फिर्ता ल्याउने तथ्यांक सार्वजनीक गरेको छ । विदेशमा जुनसुकै कुनामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कन पाउँने अधिकार छ । तसर्थ संख्या तोक्ने होइन आउँन चाहाने हरेक नेपालीलाई ल्याउने कार्ययोजना बनाउनुपर्छ ।’

त्यस्तै, विभागले विदेशमा फिर्ता भएका नेपाली नागरिकलाई रोजगारी दिने गरि विशेष कार्यक्रम घोषणा गर्न र कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ । साथै विदेशमा अध्ययनका लागि गएका विद्यार्थीले कोभिड १९ को कारण रोजगारी गुमाएकाले सरकारले उनीहरुको पढाई नछुट्ने गरि सहजीकरण गर्न पनि माग गरेको छ । विभागले जारी गरेको बिज्ञप्ति जस्ताको तस्तै:-

Shiva Chalise को फोटो।
Shiva Chalise को फोटो।

प्रकाशित | २५ जेष्ठ २०७७, आईतवार १०:२६