सातौ पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण : १० इन्च लामो सुइरोले जिब्रो छेड्दा असह्रय पीडा

भक्तपुर : हरेक वर्ष सुनेर वा हेरेर होला जिब्रो छेडाउनु सामान्य रुपमा लिईन्छ । यो एउटा जात्राको रुपमा सवैले लिने गरेकाले होला जिब्रो छेडाउने परम्परा सामान्य रुपमा लिनु अस्भावीक होइन । तर एक ब्यक्तीलाई तीन दिन सम्म भोकै बसी अझ १० इन्च लामो सुइरोले जिब्रो छेडाउँदा कस्तो होला ? जिब्रो छेडाउने जात्रालाई अभिब्यक्त गर्न जति सजिलो छ, जिब्रो छेडाउँदा हुने असह्रय पीडा त्यतीनै गाह्रो छ तर मध्यपुर थिमिस्थित बोडेमा वैशाख २ गते हुने प्रसिद्ध जिब्रो छेड्ने जात्रामा एक ब्यक्तिले सात पटक सम्म छेडाउँदै हुनुहुन्छ । विगतमा छैठौ पटक सम्म जिब्रो छेडाइसक्नु भएको बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने निर्णय गर्नुभयो ।

जात्रालाई निरन्तरता दिन बोडेका स्थानीय ४७ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्न तयार रहेको घोषणा गर्नुभएको हो । उहाँले यसअघि २०६२ सालदेखि ०६५ सालसम्म ४ पटक जिब्रो छेडिसक्नु भएको छ । २०६६ सालमा श्रीमती सुत्केरी भएपछि जिब्रो छेड्न पाउँनु भएन । यो जात्रामा बोडेबासीका श्रेष्ठ थरका व्यक्तिले मात्र जिब्रो छेड्नुपर्ने परम्परा रहेको छ। हरेक वर्ष मध्यपुर थिमीको बोडेमा बैशाख २ गते धुमधामसम्म मनाइने बिस्केट जात्रालाई जिब्रो छेड्ने जात्राको रुपमा लिइन्छ । हरेक वर्ष यो जात्रा सञ्चालन गर्न मात्र करिब एक लाखभन्दा बढी सम्म खर्च हुने गरेको छ । जिब्रो छेड्नेले आफन्त र टोलछिमेकलाई भोज गराउनु पर्ने परम्परा रहेकाले बढी खर्च लाग्ने गरेको छ । चैत मसान्तको चार दिनअगाडि जिब्रो छेड्ने ब्यक्ती, प्रधान र उपप्रधान र कर्मी नाइके बसेर जिब्रो छेड्ने ब्यक्ती पक्का गरिने चलन छ ।

त्यस्तै, चैत मसान्तदेखि निलबाराही जंगलबाट ल्याएको दाउरा एकै ठाउँमा थुपारिन्छ । बेलुका साढे १० बजे पुजा गरी ध्वनी जगाउने काम गरिन्छ । ध्वनीको फुल, अछेता, प्रसाद जिब्रो छेड्ने ब्यक्तीलाई धैर्यधारण गर्न शक्ति प्रदान हुने विश्वासले दिइन्छ । जिब्रो छेड्ने ब्यक्तीलाई सहनसक्ने क्षमता पाओस भन्ने विश्वासले दिइने गरिएको छ । त्यही बेलुकादेखि जिब्रो छेड्ने ब्यक्तीले जिब्रो छेडेर विधि पूरा नगरुन्जेलसम्म निराधर बस्नुपर्ने परम्परा छ । जिब्रो छेड्ने ब्यक्तिले तीन दिनसम्म केहि खान नहुने, पशुपंन्क्षी र महिलामान्छेसँग (आईमाई) छुन नहुने परम्परा छ भने छोएमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वाश समेत रहेको पाइन्छ ।

एकै ब्यक्तिले ३२ पटकसम्म जिब्रो छेडाएको इतिहास

एकै ब्यक्तिले कति पटक सम्म जिब्रो छेडाउन सक्ला ? पाँच, दस, बीस, तीस वा त्यो भन्दा बढी । एकै ब्ब्यक्तिले ३२ पटकसम्म जिब्रो छेडाएका थिए । प्राचिनकालेदखि चल्दै आएको साहसिक तथा धार्मिक कार्यमा हायबाजेले अहिलेसम्म कै सबैभन्दा बढी पटक जिब्रो छेडाएका हुन् ।

स्थानीय बुढापाकाका अनुसार त्यसपछि २२ औ, १२ औ र सातौ पटक जिब्रो छेडाएर विभिन्न ब्यक्तीले इतिहास रचेका छन् । अहिलेसम्म दोस्रो धेरै पटक जिब्रो छेडाउनेमा हर्खनरसिंह बास श्रेष्ठ रहनुभएको छ ।

उहाँले २२ औ पटक जिब्रो छेडाउनु भएको थियो । जिब्रो छेडाएका जीवीतमध्ये कृष्णचन्द्र बाघ श्रेष्ठले १२ औ, चन्द्रसेन द्यो र दिलकुमार खंपेले सातौ पटक, बृद्धकुष्ण बाघ श्रेष्ठले छैठौ र यो पटक गरि सातौ पटक छेडाउँदै ुहनुहुन्छ । जुजु भाई बास श्रेष्ठ आठौ पटक जिब्रो छेडाएर परम्परा धानीरहनु भएको छ ।


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार २०:०६