डिभी लोटरी २०२१ को नतिजा : यसरी चेक गर्नुहोस् परे नपरेको

काठमाडौं: आर्थिक वर्ष सन् २०२१ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको छ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेकाहरुले आर्थिक बर्ष सन् २०२१ का लागि भरेको डिभी लोटरीको नतिजा २०२१ को सेप्टेम्बरसम्म चेक गर्न सकिनेछ ।

विजेताहरुले सन् २०२० को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । अमेरिकी सरकारले आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेशन नम्बर सन् २०२१ को सेप्टेम्बरसम्म आफूसँग राख्नलाई सुझाव दिएको छ ।

डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो । चालु आर्थिक बर्षका लागि डिभी पारेकाहरुले आगामी सेप्टेम्बरसम्म भिसा प्राप्त गरिसक्नु पर्नेछ । अन्यथा यो बर्ष परेको डिभी लोटरी अर्को बर्ष प्रयोग गर्न पाइने छैन ।

आर्थिक बर्ष २०२२ का लागि भने आगामी अक्टोबरमा डिभी लोटरी खुल्नेछ । डिभी लोटरी अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्ने सबैभन्दा सजिलो तरिका हो ।

https://dvprogram.state.gov/


प्रकाशित | २५ जेष्ठ २०७७, आईतवार ०८:४१