नेपालमा जेठ ३२ सम्म लकडाउन र असार १३ सम्म विमानस्थल बन्द गर्ने निर्णय

काठमाडौं: सरकारले जारी लकडाउन ३२ जेठ अर्थात जुन १४ तारिखसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले १३ असार अर्थात जुन २७ सम्म अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल पनि बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद मंगलबार राती सकिँदै छ ।


प्रकाशित | १७ जेष्ठ २०७७, शनिबार २१:२६