सूर्यविनायकमा भ्यूटावर भवन, कैलाश डाँडा अनन्तलिङ्गेश्वर मन्दिर पदमार्ग तथा खानेपानी ट्याङ्की उद्घाटन

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटमा बागमती प्रदेश पर्यटन परियोजना अन्तर्गत विनियोजित योजनाद्वारा नवनिर्मित बहुआयामिक भ्यूटावर भवन, कैलाश डाँडा अनन्तलिङ्गेश्वर मन्दिर पदमार्ग तथा अनन्तलिङ्ग डाँडा खानेपानी ट्याङ्की एकै पटक संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

May be an image of 3 people, people sitting, people standing and outdoors

कार्यक्रममा प्रमुख अतिथि निवर्तमान प्रतिनिधि सभा सदस्य महेश बस्नेत र निवर्तमान बागमती प्रदेश सभा सदस्य शशीजंग थापा तथा सूर्यविनायक नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता भट्टराई विशेष अतिथिको रुपमा रहनु भएको थियो।

May be an image of 3 people, people standing, tree and outdoors

साथै कार्यक्रमको सभापतित्व गाम्चा टोल सुधार संस्थाका अध्यक्ष विकास खड्काले गर्नु भएको थियो। कार्यक्रममा अतिथिहरू वडा न. ४ का अध्यक्ष लछुराम न्यौपाने, वडा न. ७ का अध्यक्ष रविन्द्र सापकोटा, वडा न. ८ का अध्यक्ष पुष्पराज बस्नेत, निवर्तमान वडा अघ्यक्ष उत्तम थापा र किरण थापाको आतिथ्यता रहेको थियो।

May be an image of tree and outdoors

कार्यक्रमलाई  स्थानीय भोला राउतले स्वागत गर्नुभएको थियो। धन्यबाद ज्ञापन वडा सदस्य विदुर खड्काले गर्नुभएको थियो भने कार्यक्रम संचालन निवर्तमान वडा सदस्य राजु लुबन्जार श्रेष्ठले गर्नुभएको थियो।


प्रकाशित | ३ आश्विन २०७९, सोमबार २१:०७