गोविन्द गिरी प्रेरणा
केही दिनअघि नेपाली साहित्यका मूर्धन्य साहित्यकार पिटर जे कार्थकको निधन भयो । त्यसको केही दिनपछि भारतीय चलचित्रका दुई अति लोकप्रिय सिनेनायकहरूको निधन भयो । हाम्रो समाज र समयसँग नजिक भएका यी प्रतिभाहरूको निधनले धेरैलाई शोकले व्याकुल बनाएको देखियो । यो स्वाभाविक हो र मानवीय स्वभाव पनि । मृत्यु जीवनको अपरिहार्य अङ्ग भए पनि, मत्यु कसैगरी टार्न नसकिने भए पनि, मृत्युको भविष्यवाणी ठ्याक्कै गर्न नसकिने भए पनि, जब यौटा मानिसको मत्यु हुन्छ घरपरिवारका मानिस शोकाकूल हुन्छन् । आफन्तहरूलाई पीडा हुन्छ । अझ समाजमा केही योगदान गरेको व्यक्तित्व छ भने समाजलाई शोकाकुल बनाइदिन्छ । राष्ट्रलाई योगदान गरेको भए त्यो निधनले राष्ट्रिय शोकको रूप लिन्छ । सिङ्गो मानव जातिका लागि केही गरेको छ भने सिङ्गै संसारलाई शोकाकुल बनाइदिन्छ ।
तर, शोकको आयु लामो हुँदैन । मानिसले शोकाकुल भएर जीवन चल्दैन । शोक बिस्तारै सेलाउँदै जान्छ । जीवनले सहज बाटोमा बिस्तारै गति लिन थाल्छ । रुने, कराउने, चिच्याउने मानिस उदास बनेर काम चलाउँछन् । पछि–पछि त उदास हुन पनि बिर्सन्छन् । जीवनको स्वाभाविक लयमा फर्कन्छन् र हाँसखेल फेरि सुरु हुन्छ । यो मानवीय स्वाभाविकता हो । हाम्रो समाजमा पितका रूपमा वर्षको दुइपटक श्राद्ध गरेर सम्झना गर्ने गरिन्छ । एकपटक वार्षिक तिथिमा र अर्को सोह्र श्राद्धमा । यो प्रचलन पनि क्रमशः क्षय हुँदै गइरहेको छ । हाम्रा संस्कारले काशीमा गएर कपाल खौरिएर श्राद्ध गरेर फर्केपछि बर्सेनि श्राद्ध गरिरहनु नपर्ने छुट पनि दिएको छ । तैपनि काशी गएर फर्किनेले निरन्तर श्राद्ध गरेको पनि देखिएको छ भने कतिपयले परिवार छुट्टीभिन्न भएपछि मूलघर सम्हाल्नेले निरन्तरता दिने र अरूले क्रमशः छोड्दै गएको पनि देखिएको छ ।
यो त भयो मतकको घरपरिवारले सम्झना गर्ने कुरो ।
तर, समाजले कसरी उसको सम्झना गर्ने ? राष्ट्रले कसरी सम्झना गर्ने ? अनि किन सम्झना गर्ने, मूलभूत प्रश्न यो हो ।
वास्तवमा गहिरिएर सोच्ने हो भने जीवनको अर्थ, बाँच्नुको अर्थ, बाँच्नुको सार्थकतासँग जोडिएको हुन्छ । सार्थकता छैन भने जीवनको खासै अर्थ छैन । तर, सार्थक भन्नाले साना मसिना पनि हुन सक्छन् र विराट पनि । त्यो सानो हुनु वा ठूलो हुनुको पनि अर्थ छैन । मूलभूत रूपमा सार्थक छ कि छैन भन्नेमात्र हो । कतिपय सार्थकता सावधिक हुन्छन्, त्यसपछि त्यो सार्थक रहँदैन । कतिपय सार्थकताहरू जीवनकालीन हुन्छन्, अर्थात् जीवनभरि त्यो सार्थकताकै रूपमा रहिरहन्छ ।
पिटरले प्रत्येक ठाउँ प्रत्येक मानिस दिए । त्यो उनको सार्थक सिर्जनशील काम थियो । उनलाई सम्झनका लागि त्यो कति नै पर्याप्त थियो । तर, उनी त्यत्तिमा अडिएनन् । उनको सिर्जनशीलताले निरन्तरता पाइरह्यो किंबा उनी सार्थक सिर्जनशीलताबाट कहिल्यै विमुख भएनन् । तब न मानिसले, समाजले, वाङ्मयका साराले उनको मत्युलाई दुःखदायी र अपूरणीय क्षतिका रूपमा स्वीकारे । उनको मत्युसँगै उनका सार्थक सिर्जनशीलताका प्रसङ्गहरू बिउँतिए र सहयात्रीहरूले सम्झना गरे । पाठकहरूले सम्झना गरे । अध्येताहरूले सम्झना गरे । हिन्दी चलचित्रका ती दुवै नायकलाई सम्झनुमा पनि अभिनयको माध्यमबाट तिनले मन जितेको हुनाले प्रत्यक्ष कहिल्यै देखभेट नभए पनि दर्शकहरूले निकटतम मानेर तिनका सार्थक कलाको चर्चा गरे, दुःखी भए तिनको मत्युमा ।
मानिसको जीवन आफैँमा उत्सव हो । उसले बाँचेको प्रत्येक क्षण उत्सव हो । उसका सम्पूर्ण सत्कर्महरू उत्सव हुन् । मानिस आफैँले बनाउने हो, जीवनलाई उत्सवमय । सार्थकताविनाको जीवन उत्सव होइन । त्यो जीवनले उत्सवको आभास दिँदैन । उत्सवको रोमाञ्च दिँदैन । त्यस्तो जीवनले वरण गरेको मत्युलाई पनि मानिसले, समाजले, देशले, विश्वले गन्ती गर्दैन । चिन्दैन । त्यो केवल अनिच्छित निरर्थकताको समाप्तिमात्रै हुन्छ । लामो जीवन सार्थकताको परिचायक होइन ।
जीवनले कति उमेर पाए सार्थक काम गर्न
भ्याइएला ? यो यौटा अमूर्त प्रश्न हो । छोटो उमेरमै पनि अकल्पनीय अथाह योगदान र सार्थक काम गरेर इतिहास निर्माण गरेर जानेहरूको गौरवमय इतिहास जीवन्त छन्, हाम्रैसामु । मोतीराम भट्टले अल्पायुमा नेपाली वाङ्मयका लागि जति गरे, त्यो अद्भुत थियो । उनले नेपालमा छापाखाना भिœयाए । भानुभक्तको जीवनी लेखेर जीवनी लेखनको शिलान्यास गरे । गजललाई वाङ्मयमा भिœयाए । उमेर छोटो थियो उनको तर तत्कालीन समयमा उनलाई ती काम गर्न त्यति उमेर नै पर्याप्त भयो । उनले आफ्नो जीवन सार्थक बनाए । बेलायती कवि डायलन थोमसले ३९ वर्षको उमेरमै बिश्व साहित्यलाई यति विशिष्ट र मूल्यवान रचनाहरू दिए जुन उनीभन्दा दोब्बर उमेर पाउनेहरूले पनि गर्न सकेनन्, गर्न सकेका छैनन् । सार्थक काम गर्न उमेर बाधक हुँदैन । जीवनका उमेरका पलपललाई कति सार्थक ढङ्गले, सिर्जनात्मक ढङ्गले बिताइएको छ, मूलभूत रूपमा त्यो र त्यतिमात्र महŒवपूर्ण हो ।
सानै भए पनि सार्थक कर्म होस्, थोरै भए पनि सार्थक सिर्जना होस् मानिसले सम्झना गर्न काफी हुन्छ । हवाईजहाज पहिलोपटक निर्माण गर्ने आविष्कारकलाई सम्झिँदा सियो बनाउने आविष्कारक छायाँमा पर्नुपर्ने कुनै कारण छैन । सियोको आवश्यकता र उपादेयताको अन्त्य भएको छैन र भइहाल्ला भन्ने पनि देखिन्न । भइहालेछ भने पनि इतिहासमा त त्यो कतै बस्ला, जुन त्यसको सार्थकताको दस्तावेज हो ।
मानिसलाई बाँच्ने लालसा हुन्छ । स्वाभाविक हो । तर, कति उमेर पाए मानिस सन्तुष्ट होलान् त ? यसको उत्तर छैन । मलाई यति बाँचे पुग्छ भन्ने मानिस सम्भवतः भेटाउन गाह्रो पर्छ । तर, बाँच्नुको सार्थकता त्यो बँचाइमा कति हुन्छ वा कस्तो सार्थकताका लागि बाँच्ने हो, त्यसको बारेमा भने अधिकांश बेखबर नै हुन्छन् । उनीहरूको लालसा बाँच्नुसँग मात्रै छ । कुनै एजेन्डा नभएको मन्त्री, सरकार प्रमुखजस्तो भएन र यो ? पद चाहिएको छ बस् पद । तर, त्यो पदमा गएर गर्ने सार्थक कामको भने उनीहरूसँग कुनै योजनै छैन भन्ने कुनै हेक्का नै नभएजस्तो । पद चाहिएको छ र त्यो चीरकालसम्म प्राप्त भइरहोस् भन्ने छ तर पदको सार्थकताबाट भने पूरै बेखबर ।
परापूर्वकालमा जस्तो ब्रह्मचार्य, गहस्थ, वानस्प्रस्थ, सन्न्यासजस्तो प्रचलन त किंवदन्ती नै भइहाल्यो । मानिस सुखभोगका लागि जे पनि सम्झौता गर्न तम्तयार देखिन्छन् । त्यो जीवनको कुनै सार्थकता त होइन । मानिस सम्पत्ति आर्जन गर्न जीवनको अन्तिम क्षणसम्म लालायित हुन्छन् तर त्यसको कति प्रतिशत उनीहरूले जीवनमा भोग गर्न पाउने हुन्, त्यो उनीहरूले सोचेकै देखिन्नन् । यस्तो देख्दा बाँच्नुको सार्थकता र साँच्नुको सार्थकता दुवै नै नभएको प्रस्टै बुझिन्छ । सार्थकताविनाको बँचाइ निरर्थक हो । निरर्थकताका लागि जीवनलाई घिच्याइरहनुको के मजा ? के आनन्द ?
के सन्तुष्टि ?
के मृत्यु भयकारी हुन्छ ? धेरै मानिस मरिएला भनेर डराउँछन् । झन्डै मरेको पनि भन्छन् । बालबाल बचियो पनि भन्छन् । कालको मुखबाट फिर्ता भइयो पनि भन्छन् । तर, कुनै मानिस मत्युसँग डराए पनि नडराए पनि मानिसले मत्युबाट उन्मुक्ति पाउन सक्दैन । मत्यु मनुष्यका लागि अनिवार्य छ । मत्यु जीवनको पूर्णता हो । मृत्यु मानिसको जन्मसँगै अविभाज्य रूपमा गाँसिएर आएको हुन्छ । जीवन र मत्यु एक सिक्काका दुई पाटा हुन् । तर, मानिसलाई जीवन मन पर्छ, जीवनले जीवन्तता सदासदा पाइरहोस् भन्ने कामना गर्दछ, जुन हुँदैन । भएको छैन । हुने सम्भावना पनि छैन । यौटा खास उमेरमा, रोगले, घटनाले, दुर्घटनाले मानिसले मत्युसँग साक्षात्कार गर्दछ । मत्यु स्वाभाविक प्रक्रिया हो । तर, यसको तिथिमितिको भविष्यवाणीमात्र गर्न नसकिने हो । फलित ज्योतिषहरू चिना हेरेर, हस्तरेखाहरू हेरेर भविष्यवाणी गर्ने चेष्टा गर्छन् । तिनीहरूले मिलाउने भनेको काकताली पर्नुसिवाय अरू केही होइन । हुँदै होइन । मत्युको भविष्यवाणी असम्भव छ । काकताली पर्नुलाई विश्वासको आधार कोही मान्छन् भने त्यो उनीहरूको नितान्त निजी सोचाइ हो । विश्वास हो । त्यसमा विमति जनाइरहनुपर्ने जरुरतै छैन । तर, यथार्थ के हो भने मत्युको तिथिमितिको भविष्यवाणी गर्नै सकिन्न ।
मृत्यु सत्य हो । मत्यु निश्चित छ । अतः मत्युको भयले आफूलाई कमजोर किन पार्नु ? मत्युलाई जीवनजस्तै उत्सवका रूपमा लिनुपर्छ । मत्युको उत्सव मनाउनुपर्छ । त्यो भनेको जीवनको पलपललाई सार्थक बनाउने हो । बाँचेका प्रत्येक पल सार्थक छन् भने मत्युले पनि लज्जाबोध गर्ला, यस्तो सार्थक जीवनको अन्त्य हुँदै छ भनेर । सार्थक जीवन बाँचेपछि मृत्युको भय शेष रहन्न ।
स्रोत -गोरखापत्र दैनीक
प्रकाशित | २४ जेष्ठ २०७७, शनिबार ०८:३७