पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत : मोदी गाउँपालिका ४ हलहलेमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीया तारादेवी पुन रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार सोमबार राति करिब ८ बजे परेको चट्याङले घाइते भएकी पुनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार ०७:४५