प्रदेश– १ को राजधानी विराटनगर हुने निश्चित : नेकपाले गर्यो राजधानीको निर्णय

विराटनगर : प्रदेश १ को राजधानी विराटनगर कायम हुने निश्चित भएको छ । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश–१ को स्थायी राजधानी विराटनगर राख्ने निर्णय गरेसँगै यसको निश्चित भएको हो । नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । नेकपाको प्रदेश सभामा दुई तिहाई बहुमत छ । प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार १७:३६