नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, बुधबार २ हजार ५६९ थपिए

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ। बुधबार १० हजार ८१ जनाको पिसिआर परिक्षण गरिएको हो ।

मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भई डिस्चार्ज भएका छन् । हाल देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन्।

काठमाडौं उपत्यकामा १ हजार २६१ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना थपिएका हुन ।

पछिल्लो २४ घन्टामा २६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार १७४ पुगेको छ।


प्रकाशित | २६ कार्तिक २०७७, बुधबार १६:३५