कतारमा एनआरएनएद्धारा राहत वितरण कार्य जारी, दसौं चरणमा ६ सय १७ जनालाई वितरण

कतार : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कतारले कोभिड प्रभावीत नेपालीलाई राहत वितरण अभियान जारी राखेको छ । कोभिड प्रभावीतलाई निरन्तर रुपमा राहत वितरण जारी राखेको एनआरएनए कतारले दसौं चरणमा आइपुग्दा थप ६ सय १७ जना नेपालीलाई राहत वितरण सम्पन्न गरेको छ ।

No photo description available.

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार पछिल्लो समय एनआरएनएद्धारा गठित उद्दार तथा राहत बितरण समितीले अठौ चरणमा ३ सय ८ जना, नवौ चरणमा २ सय जना र दसौं चरणमा ६ सय १७ जना नेपालीलाई राहत वितरण गरेको हो । राहत कतारको विभिन्न ठाउँमा वितरण गरिएको हो ।

No photo description available.

अध्यक्ष मुक्तदाका अनुसार राहत आइसिसी सल्लाहकार टिवी कार्की, मध्य पूर्व संयोजक प्रवीण गुरुगं, आइसिसी सदस्य रमेश भट्ट, राहत वितरण समिति संयोजक, समिती सदस्य तथा पदाधिकारीलगायतको सहभागितामा वितरण गरिएको हो ।

Image may contain: 1 person, standing and indoor

बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण गर्ने क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको पनि अध्यक्ष मुक्तदाले बताउनुभयो ।


प्रकाशित | १६ जेष्ठ २०७७, शुक्रबार १३:२३