संसदमा छाँया सरकारका अर्थमन्त्री रिजालको सम्बोधन: बजेट संघीयताको मर्म र भावनाविपरीत छ

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजाल सरकारले ल्याएको बजेट संघीयताको मर्म र भावनाविपरीत भएकोब बताउनुभएको छ । कांग्रेसको छायाँ सरकारका अर्थमन्त्रीसमेत रहनु भएको रिजालले सरकारले ल्याएको बजेट संघीयताको मर्म र भावनाविपरीत भएको जिकिर गर्नुभएको हो ।

आज प्रतिनिधिसभा बैठकमा बजेट सम्बन्धमा छलफलमा भाग लिर्दै रिजालले संघीयताको विपरीतको बाटोमा नजान सरकारलाई सचेत समेत गराउनुभयो । उहाँले पूर्वाधार विकास कोष संघीयताको मर्म र भावनाविपरीत भएको टिप्पणी पनि गर्नुभयो ।  रिजालले भन्नुभयो, ‘प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा खर्च हुने आधा रकम मात्रै सरकारले मेरो निर्वाचन क्षेत्रमा खर्च गर्ने हो भने मलाई पूर्वाधार विकास कोष चाहिँदैन।’ चालू खर्च पुरा हुने आधारहरु बजेटमा नदेखिएको तथा आयातमा आधारित राजश्वको सतहमा गुलियो लगाएर वितरणमुखी कार्यक्रम बाड्ने काम भएको उहाँले दावी गर्नुभयो ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार १५:१९