नेपाली भूमि अतिक्रमणको विरोधमा पोर्चुगलबाट पठाइयो भारतीय प्रधानमन्त्री मोदीलाई विरोधपत्र

लिस्बन (पोर्चुगल ) : नेपाली भूमी अतिक्रमणको विरोधमा पोर्चुगलबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोध पत्र पठाइएको छ । भारतले लामो समयदेखि नेपालको कालापानी लगायत भू-भागमा सीमा अतिक्रमण गरेको विरोधमा पोर्चुगलबाट गैर आवासीय नेपाली संघ लगायत क्रियाशील विभिन्न नेपाली संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुले हस्ताक्षर गरि पोर्चुगलस्थित भारतीय दूतावासमार्फत भारतका प्रधानमन्त्री मोदी समक्ष विरोध पत्र पठाइएको हो ।

एनआरएनए पोर्चुगलका अध्यक्ष तीलक गैरेका अनुसार विरोधपत्र हुलाक मार्फत पठाइएको हो । अहिले विश्वभरि गैर आवासीय नेपालीहरुले भारतीय अतिक्रमणको विरोधमा प्रदर्शन तथा सम्बन्धीत देशका राजूदतलाई ज्ञापनपत्र बुझाइरहेका छन् । नेपाल सरकारले मिचिएको भूभाग समेटी नयाँ नक्सा जारी गरिसकेको छ ।


प्रकाशित | १३ जेष्ठ २०७७, मंगलवार १४:३१