अफवाहको पछि नलाग्नूस, मैले माओवादी नजन्मिदैँ राजनीति सुरु गरेको हुँ: बालकृष्ण शिवाकोटी

दोलखा : नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले आफूले माओवादी पार्टी जन्मिनु भन्दा अगाडि देखि नै राजनीति शूरु गरेको भन्दै अफवाहको पछि नलाग्न सबैमा अपिल गर्नु भएको छ ।

‘मैलै माओवादी जन्मिनुभन्दा अगाडि देखि नै राजनीति सुरु गरेको हुँ । विपक्षीले मैले राजनिति गरेन भनेर अफवाह फैलाइरहेको छ । त्यसको पछि नलाग्नुहोला’, उम्मेदवार शिवाकोटीले भन्नु भयो ।

बैत्यश्वर गाउँ कमिटीद्वारा आयोजित विसाल चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै शिवाकोटीले आफूले पंचायतकालदेखि नै राजनीतिक शूरु गरेको र संगठनमा महत्वपूर्ण योगदान गर्दै आएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘गठबन्धनका मेरा प्रतिस्पर्धी उम्मेदवार भत्काउने र विध्वंश मच्चाउने काम गर्दै आउनु भएको छ र गरिरहनु भएको छ । तर अहिले विकास गर्छु भनेर मत माग्दा तपाईहरुमाफ झुक्याइरहेका छन । त्यसैले तपाई हामी सचेत हुन जरुरी छ । अब विध्वंस मच्चाउनेलाई होइन, आर्थिक समृद्धि र रुपान्तरण गर्नेलाई मत दिने हो ।’

उहाँले आाफू विजयी भएपछि एमालेका नेताहरु साक्षी राखेर विकासका कामहरु गर्ने प्रतिवद्वता पनि ब्यक्त गर्नुभयो ।  ‘दोलखाको फिल्मसिटी‚ पर्यटनका क्षेत्रहरु पूर्ण गरेर र धेरै सम्भावनाका ढोका खोलेर आर्थिक उपार्जन गर्नुपर्छ’‚ शिवाकोटीले भन्नुभयो ।

प्रदेश ‘क’ का उम्मेदवार नरबहादुर श्रेष्ठले सम्पूर्ण जनताले एमालेको जीत सुनिश्चित भएकाले दत्तचित्त भएर मतदान गर्नुपर्ने बताउनुभयो । उहाँले जिरी लगायतका विभिन्न क्षेत्रमा सम्भावना रहेका ठाउँमा पर्यटन विकास गर्न एमाले तयार रहेको बताउनुभयो ।

‘जिरी र बैत्यश्वरलाई शिक्षाको हवको रुपमा विकास गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘तेस्रो तामाकोशीलाई चाँडोभन्दा चाँडो सुचारु गर्नुपर्छ ।’


प्रकाशित | २६ कार्तिक २०७९, शनिबार १६:००